Aamsanchar

आजको राशिफल (२०७८ माघ ०७ गते शुक्रवार)

Author Image
शुक्रवार, माघ ७, २०७८

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

यात्रा गर्दा सचेत हुनुपर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य प्रति भने सचेत रहनु पर्छ, तर साँझमा आर्थिक लाभ मिल्नसक्छ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाइनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार पनि आउनेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज धर्मकर्म तथा समाजसेवाबाट सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रमाइलो यात्राको योग रहेको छ । सेवा र धर्मकर्ममा मन पनि लाग्नेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनसक्छ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । पुँजी बजारको साथ पाइनेछ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभ पनि रहला ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आज निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नु पर्ला ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्न पाइएला ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(ज्यो.प. नारायणप्रसाद दुलाल)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 421

प्रतिक्रिया (०)

सम्बन्धित खबर