Aamsanchar

आहा रारा गोल्डकप : आज एपीएफ र बीवाईएसी यूएसए खेल्दै

Author Image
शनिवार, माघ ८, २०७८

काठमाण्डाै – आहा रारा गोल्डकप फुटबलमा आज विभागीय टोली एपीएफ क्लब र बीवाईएसी मिनेसोटा यूएसए खेल्दैछन् ।

पोखरा रङ्गशालामा खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा सङ्कटा क्लब र मच्छिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । एपीएफ अस्ति भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० ले हराएर क्वार्टर फाइनलमा पुगेको हो ।

बीवाईएसी यूएसएले सिधै क्वार्टर फाइनल खेल्न लागेको हो । हिजो भएको खेलमा पुलिसले पेनाल्टी सुटआउटमा हिमालयन शेर्पालाई हराएर क्वार्टर फाइनलमा पुगेको छ । पोखरामा चलिरहेको २०औँ संस्करणको आहा रारा गोल्डकपमा १० टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर