Aamsanchar

एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा

Author Image
शनिवार, माघ ८, २०७८

काठमाण्डाै – सशस्त्र प्रहरीको एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलमा बीवाईएससी यूएसए क्बलाई ३–१ गोलले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।

४७ औँ मिनेटमा मिगल फेलाफक्सले गोल गरेर बीवाईएसीलाई अग्रता दिलाए पनि एपीएफका रवि थिङले दुई तथा आवाश लामिछानेले एक गोल गरेपछि अमेरिकी क्लब पराजित हुन पुग्यो । पोखरामा चलिरहेको २० औं संस्करणको आहा रारा गोल्डकपमा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेता १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 658

प्रतिक्रिया (०)

सम्बन्धित खबर