Aamsanchar

मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको सेमिफाइलनमा

Author Image
आइतवार, माघ ९, २०७८

कास्की – मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ ।  पोखरा रङ्गशालामा आज आइतवार भएको खेलमा नेपाल पुलिस क्लबलाई दुई–शून्य गाेल अन्तरले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङलाई जिताउन ६४ औँ मिनेटमा रुपेश केसी र ८८ औँ मिनेटमा ओवालाले हाफिजले गोल गरे ।

मनाङले अब सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ । आज हारेको पुलिस भने प्रतियाेगिताबाट बाहिरिएको छ । १० टाेली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर