Aamsanchar

झापामा सबैभन्दा धेरै जनसंख्या मेचीनगरमा, सबैभन्दा कम हल्दिबारीमा

Author Image
बुधवार, माघ १२, २०७८

  झापा- झापाको जनसंख्या ९ लाख ९४ हजार ९० जना पुगेको छ । २०६८ को जनगणनामा झापाको जनसंख्या ८ लाख १२ हजार ६५० जना रहेको थियो ।

झापामा महिला ५ लाख १६ हजार ५९४ र पुरुष ४ लाख ७७ हजार ४९६ जना रहेका छन् । झापामा सबैभन्दा धेरै जनसंख्या मेचीनगर नगरपालिकामा रहेको जनगणनाको नतिजाले देखाएको छ ।बुधबार तथ्यांक विभागले सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै जनसंख्या मेचीनगर नगरपालिकामा देखिएको हो । मेचीनगरको जनसंख्या १ लाख ३१ हजार ५२० रहेको छ । त्यसपछि बिर्तामोड नगरपालिकाको जनसंख्या १ लाख १७ हजार ३५५ र तेस्रो स्थानमा रहेको दमकको जनसंख्या १ लाख ७ हजार ४१० रहेको छ । जिल्लामा सबैभन्दा कम हल्दिबारी गाउँपालिकाको जनसंख्या ३३ हजार ५४ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर