Aamsanchar

मरिसससँगकाे दाेस्राे मैत्रीपूर्ण खेल पनि नेपाल विजयी

Author Image
मङ्गलवार, माघ १८, २०७८

काठमाडौं – चार रातो कार्ड देखाइएको खेलमा नेपालले मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा १–० को विजय हासिल गरेको छ ।

७०औँ मिनेटमा दुई टिमबीचका खेलाडीबीच झडप हुँदा खेल एकछिन तनावपूर्ण बनेको थियो । रेफ्री नविन्द्र महर्जनले नेपालका पुजन उपरकोटी र मोरिससका एड्रिन बोट्लरले रातो कार्ड देखाएका थिए । त्यसपछि दुवै टोली १० खेलाडीमा सीमित बनेको थियो । त्यस्तै रेफ्री महर्जनले नेपालका गोल किपिङ प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्डको दर्शन गराउँदै स्ट्यान्डको बाटो देखाएका थिए ।

त्यसको ७९औँ मिनेटमा मोरिससका बैकल्पिक खेलाडी इमानुएल फुलचुन्डले रातो कार्डको सामना गरेपछि मोरिसस ९ खेलाडीमा सीमित भएको थियो ।

त्यसअघि नेपालले सुजल श्रेष्ठको गोलबाट १०औँ मिनेटमा अग्रता लिएको थियो । नवीन गुरुङको कर्नरमा मोरिससले खेलाडीले राम्रोसँग क्लियर नगरेको बललाई आशिष लामाले १८ यार्डबाट सशक्त प्रहार गरेका थिए । उक्त बल पुजन उपरकोटीको खुट्टामा लाग्दै सुजलको खुट्मा पुगेको थियो । त्यही बललाई सुजलले पोस्टको दिशा दिएका हुन् । सुजलको त्यही गोल नेपालको जितमा निर्णायक बन्यो । लगत्तलै मोरिससले पेनाल्टी अवसर पाएको थियो । तर एन्डी सोफिई गोल गर्न चुकेपछि मोरिससले बराबरी गर्ने मौका गुमाएको थियो । १३औँ मिनेटमा सोफिइको पेनाल्टी प्रहारलाई किरणले बचाइदिएका थिए । रिबाउन्डको आएको बललाई पनि सुजलले क्लियर गरिदिएका थिए ।

३६औँ मिनेटमा तेज तामाङले हानेको लामो प्रहार थोरैले बाहिरिँदा नेपालले अग्रता बढाउने मौका गुमाएको थियो ।

दोस्रो हाफ लगत्तै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आशिष लामाको स्थामा विमल घर्तीमगर र नवीन लामाको स्थानमा मनिष डाँगीलाई मौदान छिराएका थिए । त्यसपछि नेपालको खेलमा तालमेल बिग्रिएको थियो । अल्मुताइरीले ६२औँ मिनेटमा एरिकको स्थानमा सुमन लामालाई छिराए भने दर्शक गुरुङको स्थानमा गौतम श्रेष्ठलाई छिराएपछि नेपाल सम्हालिएको थियो ।

५६औँ मिनेटमा नेपालले अग्रता बढाउने अर्को राम्रो अवसर गुमाएको थियो । वैकल्पिक खेलाडी सुमन लामाको क्रसलाई पेनाल्टी क्षेत्रमा रहेका विमलल भेट्न सकेनन् । त्यस्तै ६२औँ मिनेटमा मनिष डाँगीको प्रहारले पनि पोस्टको दिशा लिन नसक्दा नेपालले अग्रता लिने अर्को राम्रो अवसर खेर फाल्यो ।

६८औँ मिनेटमा मोरिसस फरवार्ड एन्डी सोफिइको सशक्त प्रहारलाई नेपालका गोलकिपर किरण चेमजोङले बचाइदिएका थिए ।

नेपालले शनिबार सम्पन्न पहिलो खेलमा १–० को विजय हासिल गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 424

प्रतिक्रिया (०)

सम्बन्धित खबर