Aamsanchar

‘क्यान्सर आधुनिक विश्वको एउटा ठुलो स्वास्थ्य चुनौती भएको छ’

Author Image
शुक्रवार, माघ २१, २०७८

आज विश्व क्यान्सर दिवस अबुर्द रोग, संसारभरिका सबै जना एैक्यवद्ध रुपमा क्यान्सरसँग लडकालागि चेतना स्वर भर्ने दिन ।

आजभोलि त सामाजिक सञ्जालमा कम उमेरका, बच्चाहरू लाई समेत क्यान्सर भएर उपचारका लागि रकम अपुग भएको भन्दै सहयोग याचनाका पोस्टहरू असाध्यै देखिन्छन् । क्यान्सर आधुनिक विश्वको एउटा ठुलो स्वास्थ्य चुनौती भएको छ ।

अझ क्यान्सरको उपचार र स्याहार पाउनका लागि सबैको पहुँच समान छैन, यस कारणले सन् २०२२ को विश्व क्यान्सर दिवसको नारा नै Close the care gap रहेको छ । उपचारको खाडललाई बन्द गराऊ भन्ने नाराका साथ सन् २०२२ मा विश्व समुदायले यस दिवस मनाँउदै छन् ।

हरेक वर्ष लाखौँ मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतुले फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ । हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाइ र छिमेकी गुमाएको हुनपर्दछ । क्यान्सर वास्तवमै हामी मानिसहरु को लागि एउटा दुर्भाग्य साबित भएको छ, खर्च, पीडा र यससँगको लडाइको सङ्घर्षले । जसले धेरै जीवनलाई मृत्युसम्म घिसारिरहेको छ भने धेरै मानिसहरू क्यान्सरसङ जुधिरहेका, लडिरहेका छन् । आज यी सबैलाई हौसला अनि मृत्यू भएकालाई श्रद्धाञ्जली दिने दिवस पनि हो । आजको दिन फराकिलो क्रियाकलापहरूका माध्यमबाट क्यान्सरका विभिन्न स्वरूप विरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनी विश्व स्तरमै छलफल गरिन्छ ।

क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई ओकोंलोजी भनिन्छ भने नेपालीमा क्यान्सरलाई अर्बुद रोग भनिन्छ । समयमै पहिचान हुन सकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ । क्यान्सरको उपचाकालागि विकिरणहरू प्रयोग गरी क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ । यस्तो पद्धतिलाई केमोथेरापी भनिन्छ र केमो गर्दा बिरामीहरूको अधिकांश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरूले आफ्नो कपाल काटेर क्यान्सर पीडितलाई पूर्न प्रयोगकालागि दान दिने र सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्बिर राखेर क्यान्सर विरुद्धको एैक्यवद्धता जनाउने चलन छ । हामी नेपालीहरू समय समयमा स्वास्थोपचारका लागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिममा धेरै छौं ।

बिरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै समय समयमा उपचार गर्न जरुरी छ । अर्कोतर्फ नेपालमा स्वास्थ्योपचार भन्ने बित्तिकै अत्यन्त झर्कोलाग्दो र खर्चिलो रूपमा हेर्छौ तर नेपालभर रहेका सरकारी अस्पताल या स्वास्थ्य केन्द्रमै पनि सहज रूपमा उपचार अनि जाँच गराउन सम्भव छ, जुन त्यति खर्चिलो पनि हुन्न । थोरै दुःख आफ्नो स्वास्थ्यका लागि गर्नै पर्‍यो नि रु कि कसो रु

अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने पाइन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित व्यायामको कमीले हुने रोग र सक्रंमण का कारणले हुने क्यान्सरले हुने रहेछ । बाँकी क्यान्सरका कारणहरूमा विकिरणहरू अनि अन्य सङ्क्रमणहरू रहेका छन् । विकासोन्मुख देशहरूमा भने हेपाटाइटिस बि, सी अनि ह्यूमन प्यापीलोमा भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाइन्छ । केही क्यान्सरहरु भने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रूपमा आउने आनुवंशिक क्यान्सर पर्दछन् ।

सुर्तीजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारी खाने बानी गरेर अनि घाम वाट बचेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिन्छ । दीर्घ अनि स्वास्थ्य वर्द्धक जीवनको शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 636

प्रतिक्रिया (०)

सम्बन्धित खबर