Aamsanchar

काेराेना सङ्क्रमणबाट नेपालमा थप १६ जनाकाे मृत्यु

Author Image
शुक्रवार, माघ २१, २०७८

काठमाण्डाै – काेराेना भाइरसकाे सङ्क्रमणबाट नेपालमा २४ घण्टामा १६ जनाकाे ज्यान गएकाे छ । याेसहित काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार सात सय ९४ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै २४ घण्टामा दुई हजार पाँच सय २६ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी ११ हजार ७३ जनाकाे नमुना परीक्षण गर्दा दुई हजार पाँच सय २६ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।  यसमा व्यक्तिगत रूपमा परीक्षण गरेर इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै थप आठ हजार चार सय २५ जना काेराना सङ्क्रमणबाट मुक्त भएका छन् । याे सङ्ख्यासहित नेपालमा काेराेनाबाट निकाे हुनेकाे सङ्ख्या आठ लाख ९५ हजार आठ सय ८६ पुगेकाे छ । अहिले नेपालमा ५६ हजार चार सय ५७ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 380

प्रतिक्रिया (०)