Aamsanchar

झापाका ८ वटा वडाहरुमा अत्याधुनिक प्याथोलोजी (बिद) स्थापना गरिने

Author Image
मङ्गलवार, माघ २५, २०७८

प्रतिकात्मक तस्वीर गुगलबाट ।

झापा । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने उद्देश्यले संघिय सरकारले झापामा सवा करोडबढी बजेट बिनियोजन गरेको छ ।

ल्याबबिनाका वडास्तरका स्वास्थ्य कार्यालयमा ल्याब उपकरणको ब्यबस्थापन र सामुदायिक बिद्यालय प्रयोगशाला तथा पुर्वाधार बिकासका लागि २०७७/७८ सालको बजेटलाई यो पटक सदुपयोग गरिएको संघिय सांसद सुरेन्द्र कार्की पार्थले बताए ।

कार्यक्रम अन्तरगत झापाका ८ वटा वडाहरुमा अत्याधुनिक प्याथोलोजी (बिद) स्थापना गर्न आवस्यक सामाग्री र मेचीनगरका ३ वटा वडामा  ( Hematology Anylyzer ( 3 part ) ल्याब सुचारु गर्न १ करोड रकम विनियोजन गरेको हो ।

सर्वसाधारणलाई पहुँच पुग्ने स्थानीय ल्याबबिनाका वडा स्वास्थ्य कार्यालयमा ल्याब उपकरणसहित जडान गरि दक्ष प्राबिधिकको दरबन्दी माग गर्ने योजना रहेको छ ।
नगरबाट दक्ष प्राबिधिक आह्यन गरि आवश्यक कर्मचारी पुर्ती गर्ने योजना रहेको सांसद कार्की पार्थको भनाइ छ ।
त्यसैगरी स्थानीय पालिका बजेट कार्यक्रम अन्तर्गत सरकारी एबम् सामुदायिक बिद्यालयमा सूचना-प्राबिधी प्रयोगशाला, बिज्ञान प्रयोगशाला, पुस्तकालय निर्माण, खेल मैदानको ब्यबस्थापनका लागि १० लाख बजेट बिनियोजन गरिएको छ ।

आदिवासी-दलित महिला उथानका लागि ऎतिहासिक साहित्य-संस्कृतिको जगेर्ना गर्न पुरातात्बिक सम्पदा निर्माण-संरक्षण गर्न १० बजेट लाख बिनियोजन गरेको छ । त्यस्तै झापाको मेचीनगरका १६ वटा सामुदायिक बिद्यालयमा सूचना-प्राबिधी प्रयोगशाला, बिज्ञान प्रयोगशाला, पुस्तकालय निर्माण, खेल मैदानको ब्यबस्थापन, स्वाच्छ पिउने पानी, बालिकाका लागि सेनेटरी प्याड मेसिनको ब्यबस्थापकका लागि ७० लाख बिनियोजन गरेको सांसद सुरेन्द्र कार्कीले जानकारी दिए ।

स्थानीय बिकास साझेदारी नीति कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७/७८ सालको उक्त बजेट बिनियोजन गरिएको सांसद सुरेन्द्र कार्की पार्थले बताए ।
बुद्धशान्ति गाउँपालिकाको सामुदायिक स्वास्थ्य इकाई सट्टाभर्ना वडा-४, इकाई स्वास्थ्य केन्द्र बर्ने-४ सामुदायिक स्वास्थ्य इकाई शान्तिनगर-६, सामुदायिक स्वास्थ्य इकाई सुनमाई-७ मा अत्याधुनिक प्याथोलोजी ( बिद ) स्थापना गर्न आवश्यक सामाग्रीका लागी प्रत्येक कार्यालयमा २ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेको छ । सामुदायिक स्वास्थ्य इकाई सुनमाई-७ को कम्पाउण्ड गर्न १० लाख छुट्याएको छ ।

झापाका सामुदायिक बिधालयमा ब्यबस्थित ल्याबको प्रयोगशाला नभएको अबस्थामा  सरकारले ल्याब ब्यबस्थापनका लागि बजेट बिनियोजन गरेकोले अध्ययरत बिध्यार्थीका लागि अनुकरणिय काम हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 377

प्रतिक्रिया (०)

सम्बन्धित खबर