Aamsanchar

‘ए’ डिभिजन लिगमा आज पुलिस र च्यासल खेल्दै

Author Image
बुधवार, माघ २६, २०७८

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज नेपाल पुलिस क्लब र च्यासल युथ क्लब खेल्दैछन् । लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल दिउँसो एक बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुनेछ ।

तालिका अनुसार गएको माघ दुई गतेका लागि तय भएको खेल खेलाडीमा कोभिड–१९ सङक्रमण देखिएपछि स्थगित भएको थियो । लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा छ । समान खेलमा च्यासल ५ अंक जोडेर १३ औं स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर