Aamsanchar

‘बरु टुट्नको लागि तयार हुन्छन् तर सम्बन्धको लागि झुक्न सक्दैनन्’

Author Image
सोमवार, फागुन २, २०७८

यो साताभरि नै अनलाइन सञ्चारमाध्यम खास गरी फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा प्रेमका मात्र कुरा पढ्न र सुन्नथालेपछि आफैँलाई प्रेमको बारे लेखूँ लेखूँ लाग्यो ।
प्रेम अपनत्वको भाव हो । ‘प्रेमू मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । दार्शनिक सन्दर्भमा, प्रेम एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो। प्रेमलाई पनि अन्य (वा आफु) प्रतिको करुणामा आधारित क्रिया वा अन्य प्रतिको स्नेह आधारित क्रिया को रुपमा बर्णन गरिन्छ । प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ, फेरि पनि कसले कसरी बुझ्ने, कस्तोलाई माया भनेको कस्तो हुन्छ गहनतम अध्ययन जरुरी पक्कै पनि छ । विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरूको जमात मात्रै होइन, प्रेम शब्द सुन्नै नचाहनेहरु पनि कम छैनन् यहाँ ।
भ्यालेन्टाइन डेको सुरुवात इ.सं. २६९ मा रोमबाट सुरु भएको हो । नारीसँगको सम्बन्धका कारण सैनिक कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थियो तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्ड दिएका थिए ।

झुन्ड्याइनु केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।प्रेमको कुनै भूगोल हुँदैन। प्रेमको कुनै सीमा हुँदैन। प्रेमको कुनै जात र सीमा हुँदैन। प्रेम सर्वव्यापी हुन्छ। प्रेम शान्त हुन्छ, निस्स्वार्थ हुन्छ, त्याग, बलिदान र समर्पणले भरिएको हुन्छ।
प्रेम एक राम्रो कुरा होस यसले मानिसहरूलाई खुशी पार्छ र तिनीहरूलाई पूर्ण गर्दछ। प्रेम दुस् ख र चिन्ता कम गर्न मद्दत गर्न सक्ने वाह वाहक हो। यी माया सन्देशहरूले तपाईंको सम्बन्धलाई अझ रमाईलो बनाउन मद्दत गर्दछ।

अंग्रेजी वर्षको फेब्रुअरी महिनालाई धेरैले प्रेम महिनाका रूपमा मनाउने गर्छन्। अझ विशेषगरी अविवाहित केटाकेटीहरूले आफूलाई मनपर्ने व्यक्तिलाई फूल, चकलेट, खेलौना लगायतका सामग्री दिएर मन पराएको जानकारी गराउने पनि गर्छन्। जसबाट एक आपसी माया थप प्रगाढ हुने र कोही व्यक्तिले आफूलाई मन पराइरहेको जानकारी पनि हुनेगर्छ। नेपालमा पनि पछिल्लो समय प्रेम दिवसलाई मनाउने प्रचलन बढेको छ।

प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् । जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ ।

जुन प्रेम आकर्षणबाट सुरु हुन्छ, त्यो क्षणिक हुन्छ । आकर्षण कम या समाप्त भएमा प्रेम लुप्त हुन्छ । जुन प्रेम सुख, सुविधाबाट प्राप्त हुन्छ, घनिष्ठता त हुन्छ तर, स्थायी उत्साह, आनन्द र खुशी भने मिल्दैन । प्रेम अनन्त हुन्छ । तपाई प्रेमको जति नजिक जानुहुन्छ, त्यती नै आकर्षण लाग्छ । प्रेम आकाश जस्तै अनन्त छ, जसको कुनै सिमा छैन् । प्रेमको कुरा हर कोहीले गर्छन् तर यसलाई बुझ्ने विरलै भेटिन्छन् ।
प्रेमलाई धेरै आफ्नै किसिमले व्याख्या गरेको पाइन्छ। पूर्वीय दर्शनका वेद, गीतादेखि पश्चिमा दर्शनका बाइबल, बुद्धको दर्शन लगायतले आफ्नै किसिमले व्याख्या गरेका छन्। त्यसैगरी साहित्य अनुरागी, चिन्तक, विश्लेषक समालोचक लगायतले प्रेमलाई आफ्नै किसिमले परिभाषित गर्दै आएको पाइन्छ।
प्रेम वास्तवमा पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप हो । अन्यप्रति गरिने स्नेह नै प्रेम हो । प्रेम सागरजस्तो हुन्छ । अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न, अझ होइन प्रेम आकाशजस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन ।

प्रेम आत्माको स्वभाव हो । प्रेम हरकोहीको नैसर्गिक अधिकार हो र सबैले बुझ्नैपर्ने महत्वपूर्ण कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ । त्यसैले प्रेममा झर्को हुँदैन । छुट्टी हुँदैन । प्रेमलाई छोड्नै सकिँदैन ।

प्रेम प्राकृतिक हुन्छ, प्राकृतिक रुपमा चलिरहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै, हावाले जहिल्यै वहेजस्तै, पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहेजस्तै नरोकिई निरन्तर चलिरहन्छ प्रेम । यो त निरन्तरको प्रक्रिया हो, बगिररहन्छ ।

विचार, चेतना क्षेत्रको एउटा महत्वपूर्ण सम्पदा हो प्रेम । तपाईं स्वीकार्नुहोस्, या नस्वीकार्नुहोस्, हामीलाई हरेक कार्य गर्न, योजना बनाउन र ती योजना पूरा गर्न प्रेमले प्रेरित गर्छ । मानवले जीवनको उपयोग गर्छ त प्रेमको लागि गर्छ ।
त्यो पहिलो प्रेम, स्कूल कलेज र विभिन्न स्थानमा लुकाएर दिएको प्रेमपत्र , उपहारस्वरूप विभिन्न चिज बस्तुहरु घण्टौं घोरिएर शब्द रोजी रोजी पठाएका एसएमएसहरु, प्रेम पत्र रातिराति लुकेर गरेको च्याट, रिप्लाइ कुर्दै अनिँदो बसेका रातहरु, पहिलो भेट, जुधेका आँखाहरु अनि सँगै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषका पलहरू। आज लुकीचोरी धेरैजनाले आफ्ना मायाका भावनाहरु साटासाट गर्नेछन्, धेरै प्रेमकथाहरु सफल भएर जीवनको गोरेटोमा सहयात्राका कथाहरू लेखिएलान् भने कति त्यस्ता प्रेमकथाहरुमा ब्रेक पनि लाग्लान् तर यसको अर्थ संसार सक्किएको होइन, तपाईँलाई माया गर्ने पात्रको खडेरी परेको हैन, शायद१ तपाईँलाई धेरै माया अर्कै पात्र अन्त कतै छ।। कुरिबसेको छ।

एउटा अचम्मको तथ्य के छ भने, ‘संसारमा स्वर्ण अक्षरले कुदिएका प्रेमकथाहरु संयोगान्त भन्दा वियोगान्त छन।’ अर्थात माया सहज छैन, उदाहरणका लागि भगवान श्रीकृष्ण अनि राधाबीच समेत विवाह भएको थिएन, मुनामदन, हिर र राँझादेखि रोमियो अनि जुलियट सम्मले समेत संयोगान्त कथा कोर्न सकेनन् तर यी प्रेमी जोडीलाई आज पनि संसारले आदर र महत्वकासाथ प्रेमील मनमा अमर राखेका छन् केवल चोखो मायाका कारण। मनै त हो, स्विकारिए पनि या अस्वीकार भए पनि आत्तिने अनि मात्तिने नगरौं। आफूले एकोहोरो चाहँदैमा त्यो माया प्राप्त हुनैपर्छ भन्ने जरूरी छैन, मूल कुरो हो एकअर्काबीच अचानक जुट्न पुग्ने मनको तार, जुन जब बज्छ थाल्छ तब सबै प्रेमील सङ्गीत अपूरा लाग्न थाल्छन्, दिनभरिका कुराहरू अधूरा लाग्न थाल्छन्।

प्रेम सम्मान हो, विश्वास हो अनि अहिलेसम्म यो पृथ्वी बाँच्नुको कारण हो। मायाका नाममा कुनै दुर्व्यवहार नगरौं, मायाको सम्मान गरौँ अनि मायाको पहिचान बनाऔं। बलजफ्ती प्राप्तिको लालसा माया कदापि हुनै सक्दैन, त्यो अपराध हो, अपमान हो। आकर्षण त फेरि सक्किएला तर अचानक एकले अर्कोप्रति समर्पण गरेको अनुभूति जुगौँजुग अमर भई बाँच्नेछ। प्रेमलाई केवल प्रेमीप्रेमिकासँग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ।

‘आजकलको सम्बन्धमा मान्छेहरु यस्ती सम्म घमण्डी हुन्छन् कि बरु टुट्नको लागि तयार हुन्छन् तर सम्बन्धको लागि झुक्न सक्दैनन्’

भनिन्छ मायामा नै संसार अडिक छ । सच्चा प्रेम त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ। माया आकाश भन्दा असिम छ, सागर भन्दा गहिरो छ, पवन झै चञ्चल अनि सामुन्द्रीक पानी भन्दा कञ्चन छ। माया अपार छ, विशाल छ अनि माया महान छ । मायामा आत्मियता छ, मधुरता छ, विशाल छ अनि मायामा भावुकता पनि छ। मायाको उद्गम बिन्दु एउटै हो। माया विश्वास हो, मायामा आत्मसन्तुष्टि, सद्विचार, सद्भावना र सद्चरित्र छ भन्ने कुरामा दुई मत नहोला। मायामा सर्मपण, दया, करुणा, सहयोगी भावना हुनैपर्छ । मायामा सुख, आनन्दका सारा संसारको खुसीमा नै मायामा छ।
मायाका कुरा गर्दागर्दै समाजमा केही प्रेममा हिंसा भएको पाईन्छ।
पछिल्लो समय प्रेममा हिंसाको पनि प्रवेश भएको पाइन्छ । प्रेमीको प्रस्ताव स्वीकार नगर्दा हिंसाको सिकार हुनुपरेका थुप्रै घटनाहरू हामीमाझ छन् । कति सजिलै भन्छन् म तिमीलाई माया गर्छु तर त्यही माया गर्छु भन्ने मान्छे राक्षसका रूपमा प्रस्तुत भएका घटनाहरू धेरै छन् । पूर्वीय संस्कृतिका रूपमा आएको भए पनि प्रेम दिवस मनाइरहँदा प्रेमलाई सस्तो नबनाइयोस् । कुनै दिन यस्तो नआओस्– प्रेम भन्ने शब्दप्रति नै घृणा उत्पन्न नहोस् । प्रेम दिवस मनाइरहँदा घातप्रतिघात र क्षणिक माया प्रेमभन्दा पनि सर्वत्र प्रेममय होस् ।

यदि तपाईँले पनि कसैलाई प्रेम गर्नुभएको छ । तर आफ्नो मनको कुरा उनलाई भन्न सक्नुभएको छैन भने फेब्रुअरी १४ तपाईँको लागि उचित समय हुन सक्छ । किनकि यो दिनलाई प्रेम गर्नेहरुले विशेष दिनको रूपमा हेर्छन् । र यो दिनमा आएका प्रस्तावहरूलाई पनि प्रेम गर्नेहरुले सकारात्मक रूपमा नै लिन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 637

प्रतिक्रिया (०)

सम्बन्धित खबर