Aamsanchar

झापामा ठुलो परिमाणमा अवैध औषधि फेला

Author Image
मङ्गलवार, फागुन ३, २०७८

झापा । झापामा अबैध औषधिको आयात तथा बिक्री वितरण कार्य बढेको समाचाहरु आइरहेकै बेला प्रहरीले आज ठुलो परिमाणमा अबैध औषधिहरु वेवारिसे अवस्थामा बरामत गरेको छ ।

भारत संग सिमा जोडिएको झापाको दक्षिणी क्षेत्र कचनकवल गाउँपालिका–१ कुटी भन्ने ठाउँबाट आठ लाख ४१ हजार ३९७ रुपैंया बरावतको अबैध औषधि अस्थाई प्रहरी चौकी कुटीबाट परिचालित प्रहरी टोलीले बरामत गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

भारतबाट नेपाल तर्फ आउदै गरेका दुई जना पुरुषले साथमा बोराहरु बोकी शंकास्पद तबरले पैदल हिडी रहेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखेर उक्त बोराहरु सोही स्थानमा छाडी फरार भएको हुँदा उक्त प्लाष्टिकका बोराहरु चेकजाँच गर्दा औषधिहरु भन्सार छली अवैध रुपमा चोरी निकाशी गरी ल्याएको हुन सक्ने प्रहरीले जनाएको छ ।

बरामत गरिएका औषधिहरु जिल्ला प्रहरी कार्यालय झापामा ल्याई आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयलाई बुझाउने तयारी भईरहेको छ।

बरामत औषधिको विवरण ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 724

प्रतिक्रिया (०)

सम्बन्धित खबर