Aamsanchar

आजको मौसमबारे जानकारी (२०७८ फागुन ११)

Author Image
बुधवार, फागुन ११, २०७८

हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ साथै सुदूर पश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानहरूमा हल्का वर्षा भएको छ। बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू(भागका केहि स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

बिहीबार देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको सुदूर पश्चिम,कर्णाली र प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै शुक्रबार देशको सुदूर पश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको साथै उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश १ का धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै उक्त प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 501

प्रतिक्रिया (०)

सम्बन्धित खबर