Aamsanchar

फागुन २९ गतेबाट इलाममा राष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने

Author Image
सोमवार, फागुन १६, २०७८

इलाम – इलाममा आगामी फागुन २९ गतेबाट प्रथम सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ। सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराँते खेल विकास समितिको संयोजनमा फागुन ३० गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो।

७ वटा प्रदेशको सहभागिता रहने प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व इलाम टिमले गर्ने कराँते प्रशिक्षक प्रदीप सैजुले जानकारी दिए। सूर्योदय नगरपालिका–१० को कान्दुक फुटसल एरिनामा हुने प्रतियोगितामा प्रत्येक प्रदेशबाट १÷१ टिमको सहभागिता रहने जनाइएको छ। आयोजक टिमको रुपमा सूर्योदय नगरपालिकाले समेत खेल्ने सैजुले बताए।

कमुते तर्फ पुरुषको ५० केजी देखि ६५ केजी माथिको ५ तौल समुहका खेलाडीहरुले सहभागिता जनाउनेछन्। त्यसैगरी महिला तर्फ ४५ केजी देखि ६० केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ। कुमेत खेलमा सहभागि खेलाडीहरु मध्येबाट १-१ जनाले एकल कातामा प्रतिस्पर्धा गर्ने इलामका कराँते प्रशिक्षक योगेश चाम्लिङले जानकारी दिए।

कराँतेको माध्यमबाट खेल पर्यटनको प्रर्वद्धनका लागि प्रतियोगिता आयोजना गरिएको चाम्लिङले बताए। प्रतियोगितामा सहभागि प्रदेशका टिमहरुलाई आवास र खानपानको व्यवस्थाको तयारी  अन्तिम चरणमा पुगेको सूर्योदय नगर खेलकुद विकास समितिका अध्यक्ष शरण राईले बताए। प्रदेश १ को टिम आगामी फागुन २० गते जिल्ला भरका डोजोबाट छनौट गरिने जनाइएको छ।

यसअघि २०७५ चैत्र २२ र २३ मा जिल्ला कराँते संघको संयोजनमा सूर्योदय नगरपालिकाको श्रीअन्तुमा सातौ अन्तराष्ट्रिय आमन्त्रण कराँते प्रतियोगिता सम्पन्न भएको थियो। जसमा नेपाल, भारत, भुटान, बंगलादेश र दुवईको टिम सहभागि थिए। कोभिड संक्रमणका कारण विगत ३ बर्ष देखि ठप्प बनेको इलामको कराँते मेयर कप प्रतियोगिताबाट चलायनमान बन्न लागेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर