Aamsanchar

२० बर्ष दाम्लोमा रहेका अर्जुनधाराका रोशन ढुङगेलको उद्दार

विनोद पाण्डे

चारपाने । झापाको अर्जुनधाराबाट २० बर्ष दाम्लोेमा बाँधिएका एक युवकको उद्दार गरिएको छ । मेची अभियानको सक्रियतामा मानसिक सन्तुलन गुमाएका एक युवकको उद्दार गरिएको हो ।
अर्जुनधारा नगरपालिका–१ का २६ बर्षिय रोशन ढुङगेललाई अभियानले उद्दार गरेको छ । उनलाई उपचारका लागि सोमबार नै बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको अभियानका सदस्य कौशल भण्डारीले बताए ।

पिडित ढुङ्गेलको घर ।

सामान्य अवस्थाकै जन्म भएका ढुङगेललाई २ बर्षको हुँदा बिराम लागेको थियो । ‘त्यसबेला उपचार गरिएन । धामी झाँक्रीको भर परियो, ढुङगेलका बाबु दुर्गाप्रसादले भने–‘पछि बिराम त जाति भयो, तर, यस्तो खालको समस्या उत्पन्न भयो ।’ दुर्गाप्रसादले २ बर्षको उमेरदेखि रोशनको बोली हराएको र अस्वाभाविक हाउभाउ देखाउन थालेको जानकारी दिए ।

अत्यान्त निम्न आर्थिक अवस्था भएका ढुङगेल परिवार बिरामीको उपचार गराउन शहरका अस्पताल लान सक्ने अवस्थामा छैन । बाबु दुर्गाप्रसाद गाउँकै एउटा किराना पसलमा ज्याला मजदुरीको काम गर्छन् । त्यहाँबाट आएको तलबले उनको घरको गर्जाे टरेको छ । गाउँमै टाउको लुकाउने सानो झुपडी र त्यो झुपडीले ओगटेको जमिन ढुङगेल परिवारको सम्पतिको नाममा सर्वस्व हो ।
दुई छोरी र एकछोराका बाबु रहेका ढुङगेल सन्तानमध्येको जेठो छोराको यो अवस्थाबाट झन पीडित छन् । छोराको उपचार गर्नुभन्दा उसको गोठालो गर्न उत्तम सम्झेर दाम्लोेले बाँधेर राखिएको पीडा उनले सुनाए । अलि भरपर्दाे अस्पतालमा उपचार गर्न रकम अभाव भएको हुँदा उनले अस्पताल लाने प्रयास नगरेका हुन् ।

पिडित ढुङ्गेललाई उपचारको लागि लग्दै मेची अभियानका सदस्य कौशल भण्डारी ।

अर्जुनधारा नगरपालिकाले उपचारमा लानका लागि एम्बुलेन्स निशुल्क उपलब्ध गराएपछि मेची अभियानले उनको उद्दार गरेर अस्पताल लगेको हो । बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पनि निशुल्क उपचार गर्ने भएपछि रोशनले नयाँ जिन्दगी पाउने आशा पलाएको बाबु दुर्गाप्रसादले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1264

प्रतिक्रिया (०)

सम्बन्धित खबर