कनकाई । कनकाई नगरपालिकामा देशकै पहिलो मजदुरको सहकारी खुलेको छ । मजदुरलाई साह्रे गाह्रो पर्दा मद्धत गर्ने तथा मजदुरको शीप विकास छोराछोरीको उच्च शिक्षा लगायातको काम गर्नका लागि मजदुर मात्रैको सहकारी कनकाई श्रमिक बहुउद्धेश्यीय सहकारी लिमिटेड खुलेको हो ।
देशमै पहिलो पहिला पटक मजुरहरुले सहकारी सुरु गरेको सहकारीका अध्यक्ष मनकुमार न्योपानेले दावी गरेका छन् ।
सुरुमा ३२ जना शेयर सदस्य राखिएको यस सहकारीमा चाडै ५ सय वढी श्रमिक सदस्य रहने छन । सहकारीको अध्यक्षमा मनकुमार न्यौपाने, उपाध्यक्षमा टंक गुरागाई, सचिवमा डम्बरबहादुर बस्नेत, सहसचिवमा मोहमद इज्राइल र कोषाध्यक्षमा चन्द्र मग्राती रहनुभएको छ । यसैगरि सदस्यहरुमा निलकण्ठ मिश्र, दिर्घकुमार अधिकारी, अन्जना माझी र हरिमाया ओली रहनुभएको छ ।
सहकारीका लागि यसअघिनै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले १ बर्षको सेवा सुविधा वापतको रकम ३ लाख १६ हजार रुपैँया प्रदान गर्नुभएको छ भने नगरपालिकाबाट मजदुरका लागि थप २२ लाख रुपैँया समेत मजदुर हित कोषलाई प्रदान भएको छ ।
मजदुर हित कोषबाटै संचालित यस सहकारीलाई कम्तीमा एक करोड रुपैँया बनाइने अध्यक्ष मनकुमार न्यौपाने केशरले बताउँनुभयो । विशेष कार्यक्रममा विच मजदुर सहकारीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रमाणपत्र प्रदान गर्नुभयो । प्रमाणपत्र बितरण कार्यक्रममा कनकाईका सहकारी विभाग प्रमुख हरिप्रसाद पौडयाल, नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियान कनकाईका अध्यक्ष धनबहादुर बोगटी लगायातको उपस्थिति रहेको थियो । मजदुरले यस अघि दुर्घटना पर्दा औषधि उपचार, निर्माण लगायात अन्य मजदुरलाई तालिम लगायातका कामहरु गर्दै आएको मजदुर युनियानका अध्यक्ष धनबहादुर बोगटीले बताउँनुभयो ।