Aamsanchar

सुनको भाउ आज

Author Image
बिहिवार, चैत ३, २०७८

काठमाण्डाै – हिजो अस्ति लगातार घटेको सुनको भाउ आज भने बढेको छ । सुनको भाउ हिजो तोलामा १२ सय रुपैयाँले र अस्ति १८ सय रुपैयाँले घटेको थियो ।

आज भने तोलामा ५ सय रुपैयाँले बढेर सुनकाे भाउ ९९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा २० रुपैयाँले बढेर चाँदी आज १३ सय ९० रुपैयाँमा पुगेको छ ।

Views: 547

प्रतिक्रिया (०)

सम्बन्धित खबर