Aamsanchar

झापाको बिर्तामोडमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

Author Image
शुक्रवार, चैत ४, २०७८

बिर्तामोड- झापाको बिर्तामोड नगरपालिका–५ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न बिर्तामोड–५ का ४० बर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राति राउतले मादक पदार्थ सेवन गरी झैझगडा गर्नेक्रममा आफ्नै श्रीमती ३९ बर्षीया खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए ।

श्रीमानको कुटाईबाट घाईते भएकी खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराटनगरस्थित नोवेल अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकी आफन्तले बिर्तामोड ५ स्थित माईती घर ल्याएकोमा उनको बिहिवार राति साढे १० बजे मृत्यु भएको हो ।

राउतलाई पक्राउ गरी घटना सम्वन्धमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी सन्तोष आचार्यले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 396

प्रतिक्रिया (०)

सम्बन्धित खबर