Aamsanchar

सुनचाँदीकाे बजार मूल्य आज

Author Image
मङ्गलवार, चैत ८, २०७८

काठमाडौं : नेपाली सुनचाँदी बजारमा सुनको भाउ फेरि एक लाख रूपैयाँ नाघेको छ। मंगलवार सुनको मूल्य प्रतितोला ८०० रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको मूल्यसूचीअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रूपैयाँ तोकिएको छ। मूल्य सोमबार प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रूपैयाँ बढेको छ। मंगलवारका लागि प्रतितोला एक हजार ३९५ रूपैयाँ मूल्य निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ।

Views: 434

प्रतिक्रिया (०)

सम्बन्धित खबर