

काठमाडौं – नेपाली बजारमा सुन लोलाको ११ सय रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९९ हजार २०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ।

यस्तै, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ। पछिल्लो समय रसिया र युक्रेनबीच भएको युद्धको प्रभावले विश्व बजारमा नै सुन–चाँदीको भाउमा तीब्र उतारचढाव आएको छ।
Views: 303


