काठमाडौं – नेपाली बजारमा सुन तोलाको ११ सय रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ३०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ।
यस्तै, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ। पछिल्लो समय रसिया र युक्रेनबीच भएको युद्धको प्रभावले विश्व बजारमा नै सुन–चाँदीको भाउमा तीब्र उतारचढाव आएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 455