Aamsanchar

थप १८ जनामा कोरोना संक्रमण पुष्टि

Author Image
शुक्रवार, चैत ११, २०७८

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि ४ हजार ३ सय ४२ जनामा परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा २ सय ७१ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज संक्रमणको कारण कसैले पनि ज्यान गुमाएका छैनन्। पछिल्लो समयमा कोरोना संक्रमणदर कम रहेको छ। मन्त्रालयका अनुसार १.२ प्रतिशत मात्र कोरोना संक्रमणदर रहेको छ।

हाल देशभर १ हजार ९ सय ६० जना संक्रिय संक्रमित रहेका छन्। २४ घण्टामा करिब ६४ हजार ३ सय ४७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 383

प्रतिक्रिया (०)

सम्बन्धित खबर