Aamsanchar

पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना पुष्टि

Author Image
आइतवार, चैत १३, २०७८

काठमाण्डाै – पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार दुई सय २२ जनाको नमुना परीक्षण गरेकोमा २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप दुई सय १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा एक हजार पाँच सय ५८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैकाे ज्यान गएकाे विवरण प्राप्त नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यस्तै २४ घण्टामा २४ हजार ६ सय ९१ जनाले काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 447

प्रतिक्रिया (०)

सम्बन्धित खबर