Aamsanchar

मेचीनगरमा क्षयरोग मुक्त पालिका घोषणा अभियान शुरु

Author Image
सोमवार, चैत १४, २०७८

मेचीनगर । चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट बक्तव्यको बुँदा नम्बर ३ मा आगामी २ वर्ष भित्र सवै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने उल्लेख भए अनुसार चालु आर्थिक वर्ष भित्र मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियान शुरु भएको छ ।

नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार चालु आर्थिक वर्षमा मेचीनगरसहित २२ वटा स्थानीय तहमा क्षयरोग मुक्त पालिका घोषणा अभियान सञ्चालन गर्ने सरकारको योजना छ । यसैक्रममा नगरपालिकाले क्षयरोग मुक्त पालिका घोषणा अभियान सञ्चालनका लागि स्वीकृत निर्देशिकामा उल्लेख भए अनुसार नगरपालिकामा नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा नगर स्तरीय समिति र वडाअध्यक्षहरुको अध्यक्षतामा वडा स्तरीय समिति गठन गरेर विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सोमबार ‘क्षयरोग मुक्त पालिका स्तरीय घोषणा अभियान २०७८’ अन्तर्गत पालिका अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख एवम् नगर स्तरीय समितिका अध्यक्ष विमल आचार्यको सभापतित्वमा भएको कार्यक्रम नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो । नगरप्रमुख आचार्यले क्षयरोग मुक्त नेपाल अभियान २०७८ अन्तर्गत क्षयरोग मुक्त पालिका अभियान अन्तर्गत मेचीनगर नगरपालिकालाई क्षयरोगी मुक्त नगरपालिका घोषणा गर्न सवैले लागि पर्नुपर्नेमा जोड दिनुभयो ।

१ नम्बर प्रदेश स्वास्थ्य सेवा निर्देशनालय क्षयरोग कार्यक्रम संयोजक शैलेस भुजेलले क्षयरोग मुक्त पालिका अभियानका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले गत आर्थिक वर्ष २०७७/०७८ मा नगरभित्रको क्षयरोगको अवस्थामा बारेमा प्रस्तुती दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ मा मा नगरमा ९१ जना नयाँ क्षयरोगी फेला परेका छन् । कार्यक्रममा नगरका १५ वटै वडाले के कस्ता योजना बनाएर अघि बढ्ने विषयमा समेत छलफल भएाके थियो । ३- ३ वटा वडाका ५ वटा ग्रुप बनाएर कार्यक्रम अघि बढाउने सापकोटाको भनाई छ ।

अभिमुखिकरण कार्यक्रममा नगर स्तरीय समिति वडा स्तरीय समितिका प्रमुख प्रतिनिधिहरु, विभिन्न जनप्रतिनिधिहरु, स्वास्थ्य केन्द्रका प्रमुख प्रतिनिधिसहित स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर