

काठमाडौ. : साताको तेस्रो कारोबार दिन आज सुनचाँदीको भाउ घटेको छ। सोमबार तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुन १३ सयले नै घटेर ९८ हजार ७ सय रुपैयाँमा आइपुगेको छ। आज चाँदीको तोलाको १० रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँमा झरेको छ।
Views: 406


