Aamsanchar

अर्जुनधाराको डाङग्रे बाबा धाममा तिन दिने धार्मिक महोत्सव हुने

Author Image
बिहिवार, चैत १७, २०७८

अर्जुनधारा । नेपालमै पहिलो धाम जहाँ त्रान्त्रिक र वैदिक विधीले नियमित पूजा हुदै आएको झापाको अर्जुनधारा शनिस्चरे स्थित डाङग्रे बाबा–सेतीदेवी पाथीभरा माता धाममा तिन दिवशिय विशुद्ध धार्मिक महोत्सव आयोजना गरिने भएको छ ।

यही चैत २७ गते देखि २९ गते सम्म आयोजना हुने धार्मिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार भेटघाट मार्फत आयोजक समितिले जनाएको छ ।
धार्मिक महोत्सव सम्पन्न गर्न जग्गादाता एवम् संरक्षक दिपेन्द्र ढकालको संयोजनमा ५१ सदस्यीय आयोजक समिति गठन भएकोे छ ।

महोत्सवको पहिलो दिन विशेष पूजाअर्जना, सांस्कृतिक झाँकीसहित शनिस्चरे बजार परिक्रमा, उद्घाटन, सन्ध्याकालिन भजन प्रस्तुत, चैत २८ गते २१६ दीप प्रज्वलन, धामी र झाँक्रीहरुको तान्त्रिक पूजाअर्चना, चैत २९ गते दाता सम्मान, सन्ध्याकालिन विशेष आरधना भजन संगीत प्रस्तुती रहने अयोजक समितिका सचिव अमित खम्बुले बताए ।

धार्मिक महोत्सव सम्पन्न गर्न ४ लाख ५० हजार रुपैंयाको खर्च अनुमान गरिएको छ ।

‘डाङग्रे बाबा–सेतीदेवी पाथीभरा माता धाम‘ कहाँ पर्छ ?
झापा जिल्लाको मुख्य व्यापारीक केन्द्र विर्तामोडदेखि अनुमानित ६ किलो मिटरमा सनिश्चरे बजार पर्दछ । सनिश्चरे बजार देखि करिव ५ सय मिटर पस्चिममा पूर्वको पशुपतिनाथले प्रशिद्ध अर्जुनधारा जलेश्वरधाम अवस्थित छ । अर्जुनधारा मन्दिरको उत्तर गेटबाट एक सय मिटर अझ पस्चिममा पुगेपछि चौबाटो आउछ । चौबाटोबाट करिव ५ सय मिटर उत्तरमा रहेको छ, ‘डाङग्रे बाबा–सेतीदेवी पाथीभरा माता धाम‘ । डाङग्रे बाबा भगवान शिवको एक नाम रहेको धर्मग्रन्थमा रहेको छ । भारतको असाम राज्यमा डाङग्रिया बाबाको नामले प्रशिद्ध रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 432

प्रतिक्रिया (०)

सम्बन्धित खबर