Aamsanchar

अर्जुनधाराको डाङ्ग्रे बाबा धाममा तिन दिने धार्मिक महोत्सव सुरु

Author Image
आइतवार, चैत २७, २०७८

अर्जुनधारा । झापाको अर्जुनधारा स्थित डाङग्रे बाबा सेतीदेबी पाथिभरा माता धाममा तीन दिने धार्मिक महोत्सव सुरु भएको छ ।

कला संस्कृति र धर्मको संरक्षण गर्ने उदेश्यले आज राम नवमीको अवसर पारेर तिन दिवशिय धार्मिक महोत्सव आयोजना गरिएको हो ।

बिशेष पुजा अर्चना जातिय सांस्कृतिक झाँकीसहित सुरु भएको महोत्सवको उद्घघाटन अर्जुनधारा नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि हरिकुमार रानाले गर्नु भएको छ ।

डाङग्रे बाबा सेतीदेबी पाथिभरा माता धाम संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर मगर (काली) को अध्यक्षतामा भएको उद्घघाटन कार्यक्रममा जग्गादाता, पूर्व अध्यक्ष, गुरु र मातालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा धाम उत्पतिकर्ता गुरु विकास राई, देवीस्थान स्थापनाकर्ता माता कल्पना काफ्ले पौडेल, जग्गादाता चन्द्रबहादुर तामाङ तथा परिवार, सावित्रा ढकाल, इन्द्रजित चौधरी, मोहन ढकाल र धामका पूर्व अध्यक्ष राजेन्द्र काफ्लेलाई सम्मान गरिएको थियो ।

महोत्सव उद्घाटन कार्यक्रममा मेचे, तामाङ, थारु, लिम्बु, धिमाल, नेवार, मगर, सन्थाल, सुनवार, प्रगति महिला समुहको संगिनी, सारेगमप कलाकेन्द्रको मारुनी नृत्यलगायत सास्कृतिक नृत्यहरु रहेको थियो ।
भोली चैत २८ गते बिशेष पूजा अर्चना, २ सय १६ दीप प्रज्वलन, धामी र झाँक्रीहरुले सामुहिक थान राखी पुजा अर्चना गरिने कार्यक्रम रहेको छ । चैत २९ गते समापनको दिन बिशेष पूजा अर्चना, दाता, जेष्ठ नागरिक सम्मान, साँझमा भजन सन्ध्या गरी महोत्सवको समापन गरिने आयोजक समितिका संयोजक दिपेनद्र ढकाललले जानकारी दिनु भएको छ ।

महोत्सव सम्पन्न गर्न ४ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने उक्त खर्च स्थानीय, दाता र अर्जुनधारा नगरपालिकाबाट संकलन गरिएको छ ।

एकसय वर्ष भन्दा पूरानो वर–पीपलको रुखसँगै विभिन्न प्रजातिका रुख बिरुवाहरु र प्रकृतिक झाँडी रहेको उक्त क्षेत्रमा पहिला मानिसहरुको चहलपहल एकदमै कम हुने गरेको थियो । २०७३ सालदेखि २०७५ सालसम्म वडा दशैको अवसर पारेर नियमित दुर्गा पूजा सञ्चालन गरी धाम संरक्षण कार्यको सुरुवात भएको स्थानीयले बताएका छन् । आज बाट सुरु भएको तिन दिने महोत्सवबाट धामको प्रचार प्रसारमा टेवा पुग्ने आयोजकले अपेक्षा रोखेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 530

प्रतिक्रिया (०)