Aamsanchar

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड, २१ लाख ८७४ जना आवेदकको हात खाली

Author Image
मङ्गलवार, चैत २९, २०७८

काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्सालमा मंगलबार  बिहान भएको आईपीओ बाँडफाँटबाट १ लाख ६६ हजार ३४२ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् ।गोला प्रथाद्वारा गरिएको आईपीओमा भागलिने मध्ये अधिकतम २१ लाख ८७४ जना आवेदकको हात खाली भएको छ । कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्म १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका थिए । कूल निष्काशन मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो ।कम्पनीले यसअघि नै आयोजना प्रभावित सिन्धुपाल्चोकको स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता सेयर बिक्री गरिसकेको छ । कम्पनीले सिन्धुपाल्चोकको साविकको गुम्बा र गोल्चे गाविसहरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 381

प्रतिक्रिया (०)

सम्बन्धित खबर