Aamsanchar

प्रदेश १ भित्र सबैभन्दा बढी संवेदनशील मतदान केन्द्र झापामा

Author Image
शुक्रवार, वैशाख २, २०७९

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाका हिसावले प्रदेश १ मै धेरै अति संवेदनशील र संवेदनशील मतदान स्थलहरु जिल्ला झापा रहेको छ ।

झापामा निर्वाचन आयोगले तोकेको २८६ मतदान स्थलमा ५१ मतदान स्थल अति संवेदनशील, १ सय ५३ संवेदनशील र ८२ वटा मतदान स्थलहरु समान्य रहेको प्रहरीको तथ्याङकले देखाएको छ ।

स्थानिय निर्वाचनको लागि प्रदेश १ मा १४ हजार प्रहरी र १७ हजार ७ म्यादी परिचालन हुने भएको छ । स्थानीय तह निर्वाचनमा अति समवेदनशील मतदानस्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ ।

मतदान केन्द्र (मतपेटिका) थप भएमा प्रति मतदान केन्द्र थप १ प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको प्रदेश प्रहरीका कार्यालय विराटनगरका प्रवक्ता एवं एसपी नविनराज राईले जानकारी दिए। सामान्य मतदानस्थलमा ३ प्रहरी र ५ म्यादी, समवेदनशील मतदान स्थलमा ३ प्रहरी र ६ म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । यसबाहेक रिजर्भ टिम, मोबाइल गस्ती लगायतमा पनि प्रहरी परिचालन हुनेछ ।

निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर वस्तुस्थितिको निरीक्षण गर्ने जनाइएको छ । मतगणनास्थलको सुरक्षाका साथै इजाजतपत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर सुरक्षित राख्ने जिम्मा पनि प्रहरीलाई दिइएको छ ।​

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 864

प्रतिक्रिया (०)