Aamsanchar

बिर्तामोडको चिमितबारीमा भव्य रंग सिरुवा

Author Image
शनिवार, वैशाख ३, २०७९

रंग सिरुवा कार्यक्रमको उद्घाटन गर्दै बिर्तामोड नगरपालिका उप–प्रमुख, कार्यक्रमकी प्रमुख अतिथि पवित्रा महतरा प्रसाईं (कालो कोटमा) ।

बिर्तामोड । तराईका मुलबासी कोच समुदायले मनाउने सिरुवा पर्वको अन्तिम दिन आज (शनिबार) रंग खेलेर सिरुवा पर्व मनाएका छन् । नयाँ बर्षको स्वागतमा मनाईने सिरुवा पर्वको पहिलो दिन जल दोस्रो दिन काद (हिलो) र तेस्रो तथा अन्तिम दिन रंग खेल्ने प्रचलन रहेको छ ।

रंगमा रमाउदै कोचिला महिला फ्रन्ट बिर्तामोड नगर अध्यक्ष सर्मिला राजवंशी ।

यसै बिच झापाको विर्तामोड–२, चारपाने स्थित चिमितबारीमा राजवंशी समुदायले एक आपसमा रंग खेलेर सिरुवा मनाएका छन् । राजवंशी समाज विकास समिति बिर्तामोड नगर समिति, वडा नम्बर ३ वडा समिति, राजवंशी महिला समाज, राजवंशी समुदाय प्रर्वन्ध विकास समितिलगायतको संयुक्त आयोजनामा सांग्वारी सिरुवा तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेर उनिहरुले सिरुवा मनाएका हुन् ।

राजवंशी समाज विकास समितिका अध्यक्ष जीतलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाकी उप–प्रमुख पवित्रा महतरा प्रसाईंले गरेकी थिइन् ।

कोचिला महिला फ्रन्ट बिर्तामोड नगर अध्यक्ष सर्मिला राजवंशीले स्वागत गरेको कार्यक्रममा राजवंशी समाज विकास समितिका केन्दि«य सदस्य आसिनलाल राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा गायक बलराम राजवंशी, राम राजवंशी, दिलकुमार राजवंशीलगायतले गित प्रस्तुत गरेका थिए भने अन्य कलाकारले जातिय सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जातिय भेषभूषामा सजिएका राजवंशी समुदायका युवा युवतीहरुले एक आपसमा रंग खेल्दै सिरुवा मनाएका थिए ।

कार्यक्रमको संचालन संचारकर्मीद्वय जसोदा राजवंशी र धु्रब राजवंशीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर