Aamsanchar

हल्दिवारीमा तिन दिवसीय पत्रकारिता तालीम सुरु

Author Image
शनिवार, वैशाख ३, २०७९

हल्दिवारी । हल्दिवारीमा तीन दिवसीय आधारभूत पत्रकारीता तालिम आज शनिबारबाट संचालन भएको छ ।

प्रेस क्लव हल्दिवारीको आयोजना तथा हल्दिवारी गाउँपालिका न्यायीक समितिको सहयोगमा संचालित तालीममा हल्दिवारीका ३० जना युवाहरुको सहभागिता रहेको छ ।

हल्दिवारी गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक डम्बरबहादुर गिरीको प्रमुख आतिथ्यता तथा प्रेस क्लव हल्दिवारीका अध्यक्ष नेत्र बिक्रम बिमलिको सभापतित्वमा शुरुभएको तालीमको उद्घाटन प्रमुख अतिथी गिरीले गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरीले तालीम पश्चात् सत्य तथ्य समाचार लेख्न सहयोग मिल्नेमा जोड दिदै तालीममा सहभागी हरुमध्ये एक जनालाई हल्दिवारीमा ५ बर्षमा शिक्षा समितिले गरेको कामको समाचार लेखन मध्ये प्रथम हुनेलाई ५ हजार नगद दिने घोषणा समेत गरेका छन् । तालिमले सामाजिक संजालमा हुने बिकृतीलाई समेत रोक्न मद्दत पुग्ने उनले बताए ।

कार्यक्रममा प्रशिक्षक गोपाल काफ्ले, क्लबका सल्लाहकार नरेश चुडाल लगायतले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए ।

हल्दिवारी गाउँपालिका वडा नम्बर–२ रेडक्रस भवनमा आजबाट शुरु भएको तालीम ५ गते सम्म संचालन हुने छ । उद्घाटन सत्र कार्यक्रमको सहजीकरण क्लबका उपाध्यक्ष याम दङ्गाल र सचिव देविका अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 394

प्रतिक्रिया (०)

सम्बन्धित खबर