Aamsanchar

सिन्धुपाल्चोकमा टिकटको विषयलाई लिएर झडप, प्रहरीद्वारा अश्रूग्याँस प्रहार

Author Image
सोमवार, वैशाख १२, २०७९

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप भएको छ ।

उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

उनका अनुसार चौतारामा अहिले केही राउण्ड अश्रूग्याँस पनि प्रहार गरिएको छ । चौतारा माओवादी नेता अमानसिंह तामाङले स्थानीय आवश्यकताका आधारमा भन्दा पनि काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको बताए । उनले भने, ‘मैले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएको छु ।’

झडपका क्रममा नगरपालिकामा पनि तोडफोड भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 405

प्रतिक्रिया (०)

सम्बन्धित खबर