Aamsanchar

राजस्थानमा झण्डाको विषयलाई लिएर २ पक्ष बिच झडप, इन्टरनेट सेवा बन्द

Author Image
मङ्गलवार, वैशाख २०, २०७९

भारतको राजस्थान राज्यमा झडप भएको छ । जोधपुरको जालोरी गेट क्षेत्रमा दुई समुदायबीच झडप भएको हो । झण्डाको विषयलाई लिएर उनीहरूबीच झडप भएको भारतीय प्रहरीले जनाएको छ ।

एक समुदायले गाडेको झण्डा अर्को समूहले हटाएर आफ्नो झण्डा गाडेपछि झडप भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झडपमा केही प्रहरी घाइते भएका छन् । घटनालाई मत्थर पार्न प्रहरीले अश्रु ग्यास र लाठीकाे पनि प्रयाेग गरेको छ ।

साेमवार राति परशुराम जयन्तीलाई लिएर एक समुदायले झण्डा गाडेर सजावट गरेका थिए र अर्काे समुदाय आएर झण्डा हटाउँदै लाउडस्पिकर बजाउन सुरु गरेकाे आराेप लगाइएकाे बीबीसी हिन्दीले जनाएकाे छ । त्यसपछि आज ईदकाे नमाजपछि अर्काे समुदायले गाडेकाे झण्डा हटाएर भारतकाे झण्डा राखिएपछि फेरि विवाद सुरु भएकाे प्रहरी अधिकारीहरूले बताएका छन् ।

यस्तै झडपपछि त्यस क्षेत्रमा अस्थायी रूपमा इन्टरनेट सेवा बन्द गरिएको छ । राजस्थानका मुख्य मन्त्री अशोक गहलोतले शान्ति र सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ ।एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 474

प्रतिक्रिया (०)

सम्बन्धित खबर