Aamsanchar

आजकाे माैसम

Author Image
शुक्रवार, वैशाख २३, २०७९

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको छ ।

आज दिउँसाे पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार  आज राति पनि वाग्मती, गण्डकी र प्रदेश-१ का पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान छ ।

भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । भोलि पनि पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान छ ।

मौसमविद् हिरा भट्टराईका अनुसार नेपालमा अहिले स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागमा बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 488

प्रतिक्रिया (०)

सम्बन्धित खबर