Aamsanchar

झापा : दाइजोमा मोटरसाइकल नदिँदा दुलही नस्वीकार्ने बेहुला पक्राउ

Author Image
शुक्रवार, वैशाख २३, २०७९

झापा – झापामा दाइजो स्वरुप मोटरसाइकल नदिँदा दुलही नस्वीकार्ने युवक पक्राउ परेका छन् । छोरी माग्न आउँदाको सहमति अनुसार नै विहे गरेर दुलही लैजाने क्रममा मोटरसाइकल दाइजो मागेपछि दुलाहाबिरुद्ध नै उजुरी गर्नु परेको हो । पक्राउ पर्ने दुलाहा झापा गाउँपालिका टाघनडुब्बाका डेबिड गनगाई रहेको झापा प्रहरीले जनाएको छ ।

जिल्लाको मेचीनगर नगरापालिका  ज्यामिरगढीमाबाट दुलही लाने क्रममा गनगाईले मोटरसाइकाल दाइजो मागेका थिए । जबकी दुलहीको परिवारले विवाहका क्रममा गनगाईलाई ४ लाख बराबरको सामग्री दिएका थिए ।

दुलहीका परिवारका अनुसार गनगाई छोरी माग्न आउदा दाइजोमा मोटरसाइकल दिन सक्दैनौं भनेर प्रस्ट पारेका पारिएको थियो । त्यसपछि केटा पक्ष पनि मन्जुर भएको तर शुक्रबार बेहुली लानेक्रममा मोटरसाइकलविन नहुन जिद्धि गरेपछि दुलही पक्षले प्रहरीलाई खबर गरेका थिए ।

दुलही चौधरी समुदायकी हुन् । दुलाही पक्षले विवाहमा दुलाहलाई दाइजोवापत टीभी, फ्रिज र सोफासेट गरि करिब ४ लाख रुपैयाँ बराबरको सामग्री दिएको जनाइएको छ । तरपनि दुलाह अन्तमा नमानेको बताइएको छ ।

विदेशमा रहँदा समाजिक संजालमार्फत चिनजान भएपछि गनगाई र चौधरी युवतीको प्रेम बसेको थियो । त्यसपछि उनीहरु विवाहसम्मको अवस्थामा पुगेका थिए ।-न्युजट्वान्टिफाेरनेपालडटटिभीबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
3
+1
0
+1
0
+1
1
+1
1
+1
3
Views: 960

प्रतिक्रिया (०)

सम्बन्धित खबर