Aamsanchar

चुनाव हारे तर कनकाईका शेरबहादुरको समाज सेवा हराएन

Author Image
शनिवार, जेठ ७, २०७९

कनकाई । समुदायमा यस्ता व्यक्ति पनि रहेका हुन्छन् जसले कसैबाट सानो सहयोगको अपेक्षा गरिरहेको हुन्छ । त्योे सानो सहयोग नै उसको लागि जीवनको सबै भन्दा ठुलो उपलब्धी लाग्ने छ । कसैबाट चाहेको सहयोग प्राप्त भएको खण्डमा उ धेरै खुसी बन्न सक्छ भन्ने एक उदाहरण पात्र हुन् झापा कनकाई नगरपालिका वडा नम्बर ७ कालिमुढाकी पासाङ डोल्मा तामाङ ।

डोल्मा आज औधी खुसी बनेकी छन् । उनले आज हिडडुल गर्नको लागि व्हील चेयर पाएकी छन् । त्योे संगैं एउटा बाख्राको पाठी  पनि पाएपछि डोल्मा धेरै खुसी बनेकी हुन् । डोल्मा सारिरिक अपाङगता भएकी व्यक्ति हुन् ।
जन्मिएको ९ महिना पछि एका एक विरामी परेकी डोल्माको राम्रो संग हात र खुट्टा चल्न छोडेको थियो । डोल्माको सारिरिक अबस्थामा कम्जोर भएपनि चेतना भने निकै तेजिलो रहेको छ ।

राम्रो संग बोल्न सक्ने त्यसमा पनि भाती पुराएर बोल्न जानेकी छन् डोल्माले । डोल्मा बाल्यकालमै अशक्त बने पनि चेतना र व्यवाहिरकता बुझाईमा सबल छिन् । के राम्रो, को नराम्रो, कस्को कुरा ठिक, कस्को वेठिक भनेर छुट्याउन सक्छिन् । हाल उनि २७ अवस्थाकी भएकी छन् । चेतना परिपक्को भएपछि यता उनलाई घर गाउँन देखि कतै जान पाएकी छैनन् । बोकेर लान पनि सम्भव नभएर नलगिएको उनका बुवा हर्कबहादुर तामाङ बताउछन् । सामान्य आर्थिक अवस्थाका उनका बुवा हर्कबहादुरले भने ‘छोरी घर आँगन देखि बाहिर घुम्न जान मन गर्छे बोकेर लान सकिदैन व्हील चियर किन्न सकिएको थिएन । गत बर्ष नगरपालिकाले व्हील चियर दिने भनेको थियो तर दिएन । आज शेरबाहादुर थापाले घरमै ल्याएर दिनु भयो, छोरी र म धेरै खुसी छौं, अब छोरीलाई एताउता डुलाउछु ।’

शेरबहादुर थापा हालै सम्पन्न स्थानिय तहको चुनावमा कनकाई नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदारी दिएर राम्रो मत ल्याएर चर्चामा रहेका समाजसेवी व्यक्ति हुन् । थापा चुनावी घर दैलो गर्ने क्रममा डोल्माको घर पुगेका थिए । त्याहाँ पुग्दा डोल्माले एउटा व्हील चियर, एउटा बाख्राको पाठी सहयोग गरिदिन आग्रह गरेकी थिईन । थापाले पनि सहयोग गर्ने बचन दिएका थिए । चुनावमा थापाले हारे तर पनि बोलेको बचन पुरा गरिदिए डोल्माको बुवा हर्कले बताए ।

समुदायमा धेरै आफैमा सक्षम रहेका हुन्छन् । केही सक्षम हुन चाहेर पनि हुन सकेका हुदैनन् त्यस्तै विपन्न असाहय व्यक्तिलाई सहयोग गर्नुनै आफ्नो मुल उदेश्य रहेको समाजसेवी थापाले बताए । उनले भने ‘जनप्रतिनिधी हुनेखाने बोलवालाहरुको लागि सुविधा कसरी उपलब्ध गराउने भन्नेमा केन्द्रित रहेको पाएको छु । आफू जनप्रतिनिधी बनेको अवस्थामा नागरिक प्रति जनप्रतिनिधीले निर्वाह गर्नुपर्ने भुमिका कस्तो हुनुपर्छ भनेर रचनात्मक काम गरेर देखाउने इच्छा रहेको छ ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
19
+1
2
+1
0
+1
2
+1
1
+1
0
+1
1
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर