Aamsanchar

कसरी चट्याङ्बाट घरलाई बचाउने ?

Author Image
आइतवार, जेठ ८, २०७९

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङ्बाट जोगिन आग्रह गरेको छ । चट्याङ् पर्ने सिजनमा यसको उच्च जोखिम हुनेभन्दै यसबाट जोगिन व्यक्ति स्वयं सचेत हुनुपर्नेमा प्राधिकरणको जोड छ ।

चट्याङ् ठूलो मात्राको विद्युतीय करेन्ट भएको भन्दै यसबाट जोखिन सकिने प्राधिकरणले जनाएको छ ।

घरहरुलाई धातुका सामग्री प्रयोगगरी चट्याङ्बाट सुरक्षित गर्न सकिने प्राधिकरणको भनाइ छ । “तामा, आल्मुनियम तथा जीआई (फलाम)का रड घरको सबभन्दा अग्लो भागमा राख्नुपर्छ । सोही धातुका रड तथा पाता जोडेर जमिनसम्म पुर्याएर तामाको रडसँग जोडेर अर्थिङ गरेको खण्डमा धेरैहदसम्म हाम्रा घरहरु चट्याङ्बाट जोगिन सक्छन्,” प्राधिकरणले भनेको छ ।

चट्याङ्बाट बच्न गड्यागुडुङ गरेका बेला घरबाट बाहिर निस्किन नहुने र निस्किसकेको भए घर अथाव सुरक्षित स्थानमा प्रवेश गर्न पनि प्राधिकरणले भनेको छ । विपद्बाट जोगिन चनाखो हुन र यसबारे चासो राख्न पनि प्राधिकरणको आग्रह छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 472

प्रतिक्रिया (०)

सम्बन्धित खबर