

काठमाडौं । साताको चौथो दिन बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बुधबार ५ रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँमँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
Views: 351


