सरकारले काठमाडौं उपत्यकाका तीन ठाउँमा फ्लाइ ओभर र दुई ठाउँमा अन्डरपास मार्ग बनाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले काठमाडौं उपत्यकामा सवारी चाप व्यवस्थापन गर्न ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने र कोटेश्वर तथा नयाँ बानेश्वरमा अन्डरपास निर्माण गरिने जनाएका हुन् ।
उनले सिस्ने–नागढुंगा सुरुङमार्ग आगामी वर्ष खोलिने पनि जनाए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
1
+1
+1
+1
Views: 458