Aamsanchar

चेप्टी पार्कको परिर्वतन द्रुत गतिमा, सेल्फी र टिकटक जोन बन्दै

Author Image
आइतवार, जेठ १५, २०७९

इलाम । इलामको माई नगरपालिका–२ चेप्टीमा दुई बर्ष अघिदेखि शुरु भएको ह्याप्पी ड्रिम्स चेप्टी पार्क निर्माण कार्यको ८० प्रतिशत काम सम्पन्न भएको छ ।

गत बैशाख १ गते हजारौंको संख्यामा पर्यटकहरु भित्राउन सफल बनेको चेप्टी पार्कमा एक महिना वित्दा नवित्तै पूर्वाधारहरु थप निर्माण गरेर पार्कको आर्कषर्ण बढाउने काम भएको छ । अझै नयाँ नयाँ संरचना निर्माणको काम पनि भई रहेको छ । यतीवेला कित्लीबाट पानी झरेको प्रतिमा सामाजिक सञ्जालमा भाईरल नै बनेको छ । बैशाख १ गते आमसंचारले चेप्टीको स्थलगत रिर्पोटिङ गरेको थियो ।

बैशाख १ गते यस्तो थियो मानिसको चहलपहल ।

कुनै ठाउँ चर्को घाम सहनु पर्छ भने कुनै ठाउँ टनेलमाथी पानीले सेचन गरिएको ठाउँमा पस्न पाईन्छ । पार्कको दक्षिण पूर्वामा रहेको प्राकृतिक भूनावटको आनन्द भिन्दै रहेको छ । अहिले सम्म करिव ५ सय वटा भन्दा धेरै हेर्न र बस्न मिल्ने बस्तुहरु रहेको छ । चेप्टी पार्कको चर्चा फैलिदै गए संगै जिल्ला र जिल्ला बाहिरबाट घुम्न मात्र नभई फेल्फी र टिकटक बनाउने हरुको दैनिक भिड लाग्न थालेको छ ।

दुर्घम क्षेत्रको रुपमा रहेको चेप्टीलाई विकास गर्ने उदेश्यले झापा कनकाईका व्यवसायी दिनेश शिवाकोटीले प्रोजेक्ट शुरु गरेका हुन् । प्रोजेक्ट शुरु हुनु अघि उक्त क्षेत्रमा एम्बुलेन्स समेत आउन नसक्ने अवस्था थियो । तर, अहिले जुनसुकै सवारी सहजै पुग्ने, स्थानीयलाई रोजगारी, स्वास्थ्य, शिक्षाको पहुँच वढ्दै गएको उनले बताए । उनका अनुसार निर्वमान वडाअध्यक्ष खम्बासिंह लिम्बुको आग्रहमा प्रोजेक्ट चेप्टीमा शुरु गरिएको हो ।

‘पार्क त म जाहाँ पनि बनाउन सक्थे यो क्षेत्रको विकास र चुरे क्षेत्र संरक्षण गर्नु हामी सबैको दायित्व हो।’ उनले चुरे संरक्षणका लागि पनि बिभिन्न उपायहरु अपनाएको बताएका छन् । ‘संरक्षणका लागि बर्षायाममा बग्ने चुरेलाई रोकथाम गर्न पोलम र करोडौंको बृक्षरोपन गरेका छौ’ शिवाकोटीले भने ‘हामीले गरेको कामलाई सरकारले धन्यवाद दिनुपर्छ ।’

केवलकार र जीपलाइनसहित २.५ अर्वको लगानी हुने बताउँदै उनले प्रोजेक्टको फन पार्कमा मात्र अहिलेसम्म ३५ करोड खर्च भइसकेको बताएका छन् । चेप्टी हाइवेबाट नजिकै रहेपनि बाटो नहुँदा एकदमै दुर्गम क्षेत्र भएकोले त्यसको बिकाससँगै पर्यटकीय स्थल बनाउने सोच आएको शिवाकोटीले बताए । पर्यटन सम्बन्धि खासै अध्ययन नगरेपनि वातावरण, बोटविरुवा र फुलबारीका बिषयमा जानकार रहेको शिवाकोटीको भनाई छ । त्यस्तै जीपलाइन र केवलकारका लागि पनि जग्गा खरिद भइसकेको शिवाकोटी बताएका छन् ।

सुरुवाती चरणमा यस्तो थियो पार्क ।

अरु फोटो फिचर हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
15
+1
3
+1
2
+1
1
+1
2
+1
4
+1
1
Views: 748

प्रतिक्रिया (०)

सम्बन्धित खबर