Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
बुधवार, जेठ १८, २०७९

काठमाडौं –साताको चौथो दिन बुधबार पनि बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ८ सयले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बुधबार २० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 350

प्रतिक्रिया (०)

सम्बन्धित खबर