Aamsanchar

दुर्लभ चराको वासस्थान जोगाउन संरक्षणकर्मी देवेन खरेलको माग

Author Image
बिहिवार, जेठ १९, २०७९

मेचीनगर । झापाको मेचीनगर नगरपालिका– ४ स्थित मेची नदीको किनारको एक किलो मिटर क्षेत्रलाई चरा बासस्थान क्षेत्र घोषणा गर्न चरा संरक्षण अभियन्ता देबेन्द्र खरेलले माग राखेका छन् । खरेलले आज मेनीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की समक्ष सो क्षेत्रलाई चरा संरक्षण क्षेत्र घोषणा गर्न माग गरेका हुन् ।

दुर्लभ चरा ठूलो बगरबट्टाइ नामको चरा प्रारम्भिक खोजीका आधारमा ३ वटाको संङ्ख्यामा फेला परेकोले उक्त चराको संरक्षण गर्नको लागि सो क्षेत्रलाई चरा बास स्थान क्षेत्र घोषणा गर्नु पर्ने खरेलले बुझाएको माग पत्रामा उल्लेख छ । खरेल मेचीनगरका चरा अनुसनधानको क्षेत्रमा काम गर्दै आएका चरा फोटोग्राफर हुन् । उनले मेचीनगरलाई चरा पर्यटनको प्रवल सम्भावना भएको नगरका रुपमा परिचित गराउदै आएका छन् ।

खरेलले प्रमाणका निम्ती केहि चराका तस्विरहरु पनि खिँचेको बताएका छन् ।

दुर्लभ ठूलो बगरबट्टाइ भेटिएको क्षेत्रमा हाल सो क्षेत्रमा ट्राक्टर, ट्रिपर या अन्य निजी तथा भाडाका सवारी साधन आवतजावत गर्ने गरेको र सो क्षेत्रमा नदीजन्य बस्तुको उत्खनन कार्यले चराहरु पलाएन भएको भन्दै उक्त कार्य रोक्नको लागि पहल गर्न वडाध्यक्ष कार्की समक्ष माग राखेका हुन् ।

अर्का हात्ती संरक्षण कर्मी तथा गाइड शंकर क्षेत्री लुईँटेलले पनि खरेल संगै वडाध्यक्ष कार्कीलाई भेटर दुर्लभ चराहरुलाई जोगाउनु पर्ने दायित्व स्थानिय सरकारको रहेको धारणा राखेका थिए ।

दुर्लभ चरा ठूलो बगरबट्टाइ । फोटो: देबेन्द्र खरेल (देवेन) ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर