Aamsanchar

जेनेरेटरबाट करेन्ट लागेर झापामा १७ बर्षीय युवककाे मृत्यु

Author Image
सोमवार, जेठ २३, २०७९

झापा- झापाको गौरिगंज गाऊँपालिका ५ फत्तेपुर बस्ने शिवलाल सिंह गनगाईको छोरा १७ बर्षीय रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान ८ बजे छिमेकीको बिहेमा जेरेटरको तार खोल्ने क्रममा करेन्ट लागी घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाक प्रहरी कार्यालय गौरिगंजबाट प्रहरी टोली खटिएर थप अनुसन्धान भईरहेको छ ।

Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर