

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६ सयले घटेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरेको छ।
तेजावी सुन प्रतितोलामा ९७ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार १५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Views: 386


