Aamsanchar

आज सुनको भाउ १८ सयले घट्याे

Author Image
मङ्गलवार, जेठ ३१, २०७९

काठमाडौं :  नेपाली बजारमा आज सुनको भाउ तोलामा १८ सयले घटेको छ।  सोमबार प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १८ सय रुपैयाँले घटेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजावी सुन प्रतितोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 445

प्रतिक्रिया (०)

सम्बन्धित खबर