
काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन तोलामा १३ रुपैयाँले घटेको हो ।

यस दिन तोलाको दुई लाख ९९ हजार ७०० रुपैयाँ तोकिएको छ ।

आइतबार तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार १९० कायम भएको छ ।
हिजो तोलाको पाँच हजार २२५ रुपैयाँ थियो ।
Views: 200


