
काठमाडौँ – विभिन्न कारण समस्याग्रस्त बन्दै गएको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादन ‘याक चिज’ यतिखेर बजारमा बहुचर्चित बनेको छ।
गत शनिवार प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डीडीसीको याक चिजसहितको तस्वीर सार्वजनिक गरेपछि यसले थप चर्चा पाएको हो। प्रधानमन्त्री शाहले आफ्नो आधिकारिक फेसबुकमार्फत “से चिज, डीडीसीको चिज” भन्दै तस्वीर साझा गरेका थिए।

‘प्रधानमन्त्रीज्यूबाट सामाजिक सञ्जालमा पोस्ट भएपछि याक चिजको बिक्री पहिलेको दाँजोमा बढेको छ’, डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमले थाहाखबरलाई भने, ‘अहिले उपभोक्तामा जनचेतना केही बढेको देखिन्छ र सेल्समा हामीलाई उत्साह जागेको छ र याकजस्तै अन्य प्रोडक्टहरू पनि नियमितरूपमा बजारमा गइरहेकै छ।’

तीन दिनमा कति बिक्यो ?
याक चिजको चर्चा सामाजिक सञ्जालमा मात्र देखिएको होइन। बजारमा समेत यसको खरिदबिक्री बढेको डीडीसीले जनाएको छ।
देशभरका बिक्री केन्द्रबाट तथ्यांक लिइरहेको भन्दै डीडीसीका सूचना अधिकारी गौतमले काठमाडौँका लैनचौर, न्यूरोड सेल्स काउन्टर तथा डिलरहरूबाट पछिल्लो तीन दिनमै ९जेठ १, २ र ३ गते० २९८ किलो ७०० ग्राम चिज बिक्री भएको जानकारी दिए।
उनका अनुसार, १०० ग्रामको ८३ प्याकेट (८ किलो ३०० ग्राम), २०० ग्रामका १०१४ प्याकेट (२०२ किलो ८०० ग्राम) र ५०० ग्रामका १७५ प्याकेट (साढे ८७.५ किलो) चिज बिक्री भएको छ।
डीडीसीको खुद्रा मूल्य अनुसार तीन दिनमा याक चिजमात्र ५ लाख ३७ हजार रुपैयाँभन्दा धेरैको बिक्री भएको छ। देशभरबाट बिक्रीको विस्तृत तथ्यांक आउन बाँकी रहे पनि २५–३० प्रतिशतले माग बढेको अनुमान छ।
याक चिजको कारोबार वार्षिक ९ करोड
डीडीसीले उच्च हिमाली क्षेत्रमा पालिने चौँरीको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्दै आएको छ । डीडीसीले वार्षिक ५० हजारदेखि ६० हजार केजी याक चिज उत्पादन गर्दै आएको छ। यसबाट वार्षिक करिब ९ करोड रुपैयाँ बराबरको कारोबार हुन्छ।
उच्च हिमाली क्षेत्रमा र ६र७ महिनामात्र उत्पादन गर्न सकिने भएकाले अन्य चिजको तुलनामा याक चिज महँगो पर्ने गरेको डीडीसीका कर्मचारी बताउँछन्। तथापि, अहिलेसम्म वर्षैभरि पुग्नेगरी याक चिज उत्पादन भइरहेको गौतमले बताए।
‘वर्षभरिको ट्रेन्ड भनेको ५० देखि ६० हजार केजी याक चिज बजारमा बिक्री हुन्छ अर्थात् उत्पादन गरेर मात्र राख्न मिल्दैन, धेरै राख्दा बिग्रन्छ, त्यसैले बाह्रै महिना उत्पादन नभए पनि साइकल मिलाएर वर्षभरीलाई खपत धान्ने गरी बनाइन्छ।’
अभाव छैनरमागेको दिन सक्छौंँ :डीडीसी
प्रधानमन्त्री शाहले केही दिनअघि लगाएको पोशाक भाइरल भएजस्तै अहिले याक चिज चर्चामा रहँदा बजारमा अभावको हल्लासमेत सुनिन्छ तर बजारमा कतै कुनैपनि ब्रान्डका चिज अभाव नरहेको गौतमले बताए।
‘हाम्रा विभिन्न सेल्स काउन्टरहरू छन्, भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायतका ठूल्ठूला सुपर मार्केटहरू पनि हाम्रा डिस्टीब्यूटर्स हुन्, उनीहरूले लगेर बेचिरहेका छन्। ग्राहकले लगिरहेका छन्, त्यहाँबाट सटेज भएको, कम भएको हामीलाई जानकारी आएको छैन, त्यहाँ अभाव भइहाले पनि हाम्रो केन्द्रीय कार्यालयको स्टोरमा चिज मौज्दात छ, माग आए हामी दिइहाल्न सक्छौँ।’
उनका अनुसार, याक चिज अहिले बन्ने क्रम जारी छ। गत वैशाख महिनामा करिब ५ हजार किलो चिज बनेर स्टक छ भने अहिले पनि ४ हजार किलोको हाराहारीमा याक चिज स्टोरमा स्टक छ।
याक चिज ९ देखि १२ किलोको केकमा आउने गर्छ। त्यसलाई ग्राहकको माग र इच्छाअनुसार १०० ग्रामदेखि १ किलोसम्मको बनाएर कटिङ्ग र प्याकिङ्ग गरी डीडीसीले आन्तरिक बजारमा पठाउँछ।
आन्तरिक बजारमै खपत
डीडीसीले चिज भने बाह्य मुलुकमा पठाएको छैन। नेपालमा मागेको जति वार्षिकरूपमा अभाव हुन नदिई उत्पादन गरिरहेको तर निर्यात नगरिएको र बाहिरबाट माग पनि नआएको उनले बताए।
ुयाक चिज उत्पादन हुनै कठिन छ, हिमाली क्षेत्रमा भएकाले ६ महिनामात्रै उत्पादन हुन्छ, हाइ अल्टिच्यूटमा मंसिरदेखि चैतसम्म उत्पादन गर्न सकिँदैन, वैशाखबाट कात्तिकसम्म मात्र उत्पादन हुन्छु, गौतमले भने, ुचौँरीले अरू जातका गाइले जस्तो धेरै दूध पनि दिँदैन। चौँरीले दुईतीन लिटरमात्र दूध दिने भएकाले त्यसबाट आउने दूध पनि बाटोरघाटोलगायतको असुविधाका कारण धेरैभन्दा धेरै संकलन गर्दा पनि हाम्रा लागि थोरै नै हुन्छ।ु
देशभर रहेका ८ वटा याक चिज, ८ वटा कञ्चनको चिज उत्पादन केन्द्र रहेका छन्। मोजरेल्ला चिज भने आवश्यकता अनुसार, हरेक आयोजनामा तराई, पहाड जहाँ पनि उत्पादन गर्न सकिन्छ, त्यसैले त्यसको कुनै विशेष ठाउँ नरहेको उनी बताउँछन्।
याक चिजको मूल्य कति ?
डीडीसीले याक, कञ्चन र मोजरेल्ला गरी तीन प्रकारका चिज उत्पादन गरी बिक्री गर्दै आएको छ। डीडीसीले चिजसँगै दूध, दही, घिउ, आइसक्रिम, बटर र पनिरसमेत बिक्री गर्दै आएको छ।
डीडीसीका अनुसार याकको खुद्रा मूल्य अर्थात् उपभोक्ताले अठ्ठार सय ९१ हजार ८००० रुपैयाँ प्रतिकिलो रहेको छ। डिस्टिब्यूटर एवं सुपरमार्केटहरूले १६ सय रुपैँया किलोमा पाउने गरेका सूचना अधिकारी गौतमले सुनाए। याक चिज अधिकतम मूल्य १८०० भन्दा बढीमा बिक्री गर्न नपाइने उनले बताए। विशेषगरी विदेशी पर्यटकले याकको चिज बढी रुचाएको पाइन्छ।
डीडीसीले कञ्चन चिज वार्षिकरूपमा करिब ५० हजार केजी माथि उत्पादन गर्दै आएको छ र यसको मूल्य बाह्र सय ९१ हजार २००० रुपैयाँ प्रतिकिलो रहेको छ।
यस्तैगरी, मोजरेल्ला चिज प्रतिकिलो नौ सय ९९००० रुपैयाँमा बिक्री भइरहेको छ। मोजरेल्ला चिज खासगरी होटलहरूमा पिजामा प्रयोग गर्न लैजाने गरिएको पाइन्छ।
याक चिज बनाउने डीडीसी मात्रै !
दूध, दही, घ्यू, पनीरलगायतका अन्य प्रोडक्टहरू निजी क्षेत्रले समेत निकाल्ने गरेको र जताततै पाइने गरेको छ। तर याक चिज डीडीसीले मात्रै उत्पादन गर्ने सूचना अधिकारी गौतम बताउँछन्।
याक चिज चौँरी गाईको दूधबाट तयार गरिन्छ भने कञ्चन चिज गाई तथा भैँसीको मिक्स दूधबाट बनाउने गरिन्छ। डीडीसीले याकको दूध खासगरी रसुवा, सोलुखुम्बु, रामेछाप र दोलखा गरी चार जिल्लाबाट संकलन गर्दै आएको छ। ती चारवटा केन्द्रमा ८ वटा याक चिज उत्पादन केन्द्र रहेका छन्।
लाङटाङ, गोसाइँकुण्ड, चन्दनबारी, तातोपानी, गत्लाङ्ग, चोर्दुङ, जिरिभन्दा माथि, थोदुङ, देउराली, पिकेलगायतका ठाउँमा याक चिजको उत्पादन हुन्छ।
डीडीसीले इलाम, पाँचथरतिरबाट दूध संकलन गरी कञ्चन चिज बनाउने गरेको गौतमले बताए। त्यहाँका स्थानीयले छुर्पी बनाएर बेच्ने गरेका छन्।


