Aamsanchar

डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर

Author Image
मङ्गलवार, जेठ ३१, २०७९

काठमाडौं – डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ । अमेरिकी डलरको मूल्य अधिमूल्यन भएर नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको हो ।

मंगलबार नेपाल राष्ट्र बैंकले प्रतिडलरको बिक्री मूल्य १२५.१६ रुपैयाँ तोकेको छ । यसअघि नयाँ रेकर्ड कायम गरेर शनिबारदेखि सोमबारसम्म प्रति डलरको बिक्री दर १२४.८४ रुपैयाँमा अडिएको थियो । मंगलबार थप मूल्य बढेर बिक्री दर १२५ रुपैयाँ माथि पुगेको हो ।मंगलबार डलरको खरिद दर १२४ रुपैयाँ ५६ पैसा थियो भने शनिबारदखि मंगलबारसम्म १२४.२४ रुपैयाँ थियो । मंगलबार इतिहासमै पलिहोपटक डलरको मूल्यको १२५ रुपैयाँ नाघेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 381

प्रतिक्रिया (०)

सम्बन्धित खबर