Aamsanchar

दाङमा मलको सहज आपुर्तिदेखि किसानलाई पेन्सनको माग

Author Image
सोमवार, असार ६, २०७९

दाङ । रासायनिक मलको आपुर्ति सहज बनाउनुपर्ने मागसहित राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ दाङले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको छ ।

किसानहरुले खेती गर्ने समयमा मलको अभाव हुँदा पनि सरकार गम्भिर नभएको हुँदा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको हो ।

महासंघ जिल्ला अध्यक्ष ऋषिराम पौडेलले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउनुभएको छ । प्रमुख जिल्ला अधिकारी रेग्मिले ज्ञापनपत्र बुझ्दै यसलाई गृहमन्त्रालयमा पठाउने र आवश्यक व्यवस्थाको लागि पहल गर्ने बताउनुभयो ।

ज्ञापनपत्रमा मलको तत्काल व्यवस्था गर्नुपर्ने , मलको दीर्घकालिन समस्या समाधान गर्न मल उद्योगको स्थापना गर्नुपर्ने , रासायनिक मलमा अनुदान थप्नु पर्ने , रासायनिक मलको ठाउमा कम्पोस्ट मल प्रयोग गर्न उत्प्रेणा दिनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै सहरको फोहोरबाट कम्पोस्ट मल बनाउनुपर्ने , किसानको उत्पादित वस्तुको बजार व्यवस्थापन गर्नुपर्ने, कृषि उत्पादन हुने जमिन प्लानिङ र खण्डिकरण हुनबाट रोक्नुपर्ने , कृषि कर्जा सहज रुपमा पाउने वातावरण निर्माण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै ज्ञापनपत्रमा भु–उपयोग नीति लागू गर्नुपर्ने , किसान पेन्सनको ब्यबस्था गर्नुपर्ने , कृषि बिमा नि : शुल्क गर्नुपर्ने , हरेक स्थानीय तहमा कोल्ड स्टोरको व्यवस्था हुनुपर्ने , बिउ बिजन स्वदेशमै उत्पादन गर्नुपर्ने , सिंचाइमा लागेको विद्युत महसुलमा छुट गर्नुपर्ने लगायतका माग राखिएको छ ।

अखिल नेपाल किसान महासंघका केन्द्रिय कोषाध्यक्ष प्रेमनारायण आचार्य , राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य , जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारी, अखिल नेपाल किसान महासंघका जिल्ला कोषाध्यक्ष खिमानन्द खनाल, जिल्ला सदस्य मनिराम खनाल, खडानन्द खनाल, हरी खरेल, सुरेश कुमार पान्डे, दिनेश रैदाश लगायतकाको उपस्थिति ज्ञापनपत्र बुझाइएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 342

प्रतिक्रिया (०)

सम्बन्धित खबर