Aamsanchar

प्रदेश १ को पर्यटन प्रवर्धनमा मन्त्रालयको चासो

Author Image
शुक्रवार, असार १०, २०७९

बिर्तामोड । प्रदेश १ को राजधानी मोरङको विराटनगरमा अन्तर प्रदेश अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी, पत्रकार र सरोकारवालाहरु बीच अन्तरक्रिया तथा प्रचार प्रसार गोष्ठी सम्पन्न भएको छ ।
पर्यटन क्षेत्रको प्रचार, व्यवसायको प्रवर्धनको बारेमा केन्द्रित दुई दिवशिय गोष्ठी तथा अन्तरक्रिया प्रदेश १ पर्यटन तथा संस्कृति मत्रालयको आयोजनामा सम्पन्न भएको हो ।

प्रदेश १ का १४ वटै जिल्लाबाट प्रतिधित्व हुने गरि ट्राभल्स, होटल, होमस्टे व्यवसायी र पत्रकारहरुसहित गोष्ठीमा करिव १ सय जनाको सहभागिता रहेको थियो ।

प्रदेश १ भित्र रहेका मुख्य पर्यटन गन्तव्यको पहिचान, सुचीकृत र ति क्षेत्रको विकासका लागि पर्यटन मन्त्रलयले गर्नुपर्ने जिम्मेवारी र स्थानिय तह र व्यवसायीहरुले खेल्नु पर्ने भूमिकाको बारेमा छलफल भएको थियो ।

छलफलमा इलामका होटल व्यवसायी देवी गौतम, इलाम अन्तुका होमस्टे व्यवसायी एकराज घिमिरे, मोरङका भविस श्रेष्ठ, झापाका ट्राभल्स व्यवसायी उदयकुमार श्रेष्ठ, झापा मेचीनगरमा कृषि पर्यटनको क्षेत्रमा काम गर्दै आएका मञ्जिल देवान, सुनसरीका पत्रकार विराट अनुपम, धनकुटाका पर्यटन व्यवसायी खगेन्द्रकुमार विष्ट, भोजपुरका पत्रकार साइमन राई, झापा दमकका होटल व्यवसायी राजन दंगाललयातले पहिलो दिन पर्यटनको बारेमा आफ्नो धारणा राखेका थिए । त्यसैगरी दोस्रो दिन भारतबाट आएका पत्रकार वरुण मिश्र, नन्द किशोर सिंह, पंकज रञ्जित, नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्ष लिला बल्लभ घिमिरे, धनकुटाकी व्यवसायी शान्ति मादेन, मधेश प्रदेशबाट प्रतिनिधित्व गरेर आएका होटल व्यवसायी वृत शर्मा, होटल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष मणिन्द्र कटुवाललगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा प्रदेश १ को पर्यटन भारतको विहार, पस्चिम वंगाल र सिक्कममा आश्रित रहेको र भारतीय पर्यटकहरुलाई नेपाल आउन कानुनी प्रक्रिया अन्तयन्तै झन्झटिलो रहेको, भारतीय गाडीलाई नाकाबाटै पर्यटन स्टिकर टासेर नेपाल भित्राउनु पर्ने र बिचमा ट्राफिक प्रहरीले रोकेर सास्ती दिनेकाम बन्द गरिनु पर्ने, पर्यटकले बोकेर आएका भारतीय हजार र दुईहजारको नोटकै कारण उनिहरुलाई पक्राउ गर्नु नहुने, भारतमा नेपालको पर्यटनको प्रचार व्यापक रुपमा गरिनु पर्ने, प्रदेश १ मा रहेका राम्रा पर्यटक गन्तव्यमा सम्म पुग्नको लागि बाटो नभएको सो क्षेत्रमा बाटो बनाउनु पर्ने, पर्यटन क्षेत्रको नाममा सानातिना पार्क बनाउन बजेट छर्ने काम भईरहेको र त्यस्तो ठाउँमा बजेट खर्च नगरेर ठोस् योजनामा बजेट खर्च गरिनुपर्ने, पर्यटनको बारेमा कर्मचारीहरु जानकार नभएको कारण पर्यटन क्षेत्रको प्रवर्धनमा कठिनाई भएकोले कर्मचारीलाई पहिला पर्यटन क्षेत्रको भ्रमण गराएर जानकारी दिनुपर्नेलगायतका विषयमा सहभागी व्यवसायीहरुले पर्यटन मन्त्रालयलाई सुझाव दिएका थिए । मन्त्रालयले गएको ४ बर्ष केही काम गरेन बल्ल पहिलो पटक चासो देखाएर कार्यक्रम गरेकोमा व्यवसायीहरुले खुसी पनि व्यक्त गरेका थिए ।

पर्यटन तथा संस्कृति मन्त्री खिना लुङवा सुब्बाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको पहिलो दिन मन्त्रालयका सचिव ईश्वरकुमार गिरी र दोस्रो दिन शाखा अधिकृत रामशुन्दर थापाको अध्यक्षता रहेको थियो । कार्यक्रमको संचालन हेमराज अर्यालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 671

प्रतिक्रिया (०)

सम्बन्धित खबर